Tuesday, April 21, 2009

असारे महिनामा.......... लोकप्रिय नेपाली गीत गायक छुजाङ डुक्पाको को निधन

असारे महिनामा .............. लोकप्रिय नेपाली गीत गायक छुजाङ डुक्पाको को निधन




सोमबार, वैशाख ८, 2066.
गायक छुजाङ डुक्पाको ५४ वर्षको उमेरमा सोमबार साँझ निधन भएको छ। लामो समयदेखि मृगौला रोगले विरामी परेका डुक्पाको भारतको दार्जिलिङको कालेम्पोङस्थित आफ्नै निवासमा मृत्यु भएको हो।

गायक डुक्पाले असारे महिनामा पानी परयो रुझाउने जस्ता धेरै लोकप्रिय नेपाली गीत गाएका छन्। विद्यार्थी जिवनदेखि नै सांगितिक क्षेत्रमा लागेका डुक्पाले सन १९७६ मा काठमाडौ गएर उक्त गीत गाएका थिए। सोही गीतले उनलाई चर्चाको शिखरमा पुर्याएको थियो।

डुक्पाले गाएका अन्य गीतहरुमा देखे झैं लाग्छ कताकता भेटे झैं लाग्छ कता कता लगायत छन्। उनले चिन्हारी नामक गीति क्यासेट पनि बजारमा ल्याएका थिए । उनकी श्रीमति र तीन छोरा छन्।

No comments:

Post a Comment